१७ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  १५ माघ २०८१, मंगलवार १५:५४


काठमाडौँ । सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको वैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनमा  फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, उक्त अध्यादेश कार्यान्वयन गर्न नियमावली निर्माणको निर्णय बैठकले गरेको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो ।

आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गर्नुभयो ।
–रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !