२५ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

प्रकाशित मिति :  २५ माघ २०८१, शुक्रबार १४:३९


लुम्बिनी । लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ ।

आगामी फागुन ५ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि आज प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि आज निमन्त्रणा गर्नुभएको हो । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम निमन्त्रणा गरिएको छ ।

प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेशसभाको बैठकलाई बिशेष सम्बोधनपछि दाङको घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !