१९ माघ २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीको ७३औं जन्मोत्सवमा झापामा विभिन्न कार्यक्रम आयोजना हुने

प्रकाशित मिति :  22 February, 2025 10:46 pm


झापा। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको ७३औं जन्मोत्सवका अवसरमा झापावासीले भोलि विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्।

यस अवसरमा बिहान ७ः०० बजे धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि, बिहान ७ः३० बजे सोही स्थानमा अखण्ड दीप सहित ७३ दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, बिहान ८ः०० बजे विभिन्न स्थानमा ७३—७३ वटा बहुमूल्य जातका विरुवाहरू रोप्ने वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने  भएका छन् ।

क्षेत्र नं. ४ को क्षेत्रीय समन्वय कमिटीले  दिउँसो १ः०० देखि २ः०० बजेसम्म विभिन्न व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको जनाईएको छ ।

यसैक्रममा, दिउँसो २ः०० बजे कन्काई माविमा काजुको विरुवा रोपण कार्यक्रमसमेत आयोजना गरिने भएकाे  छ ।

स्थानीय आयोजकहरूले आज तयारी बैठक गरी सबै कार्यक्रमको अन्तिम रूप दिएका  हुन ।

आयोजकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सो कार्यक्रम आयोजना गर्ने भएका हुन् ।

तस्वीरहरू :

 


8.8k
Shares

प्रतिक्रिया दिनुहोस !