प्रधानमन्त्रीको ७३ औं जन्मोत्सवको अवसरमा झापामा अविस्मरणीय कार्यक्रमको आयोजना

झापा । । प्रधानमन्त्रीको जन्मोत्सवमा झापामा अचम्म भएको छ।
प्रधानमन्त्री काठमाडौंमा भएपनि झापामा उहाँको जन्मोत्सवमा विभिन्न कार्यक्रम गरेर झापावासिले अचम्म गरेका हुन् ।
प्रधानमन्त्रीको ७३ औं जन्मोत्सवको अवसरमा झापामा अविस्मरणीय कार्यक्रमको आयोजना झापा वासीले गरेका छन् ।
प्रधानमन्त्रीको दीर्घायुको कामना गर्दै झापा वासिले आज विहान धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम आयोजना गरेका थिए ।
यस अवसरमा झापाका स्थानीयहरूले सामूहिक रूपले पूजा आराधना गर्दै प्रधानमन्त्रीको स्वास्थ्य र समृद्धिको कामनाका साथै प्रधानमन्त्रीको राष्ट्रप्रतिको ठूलो सपना चाडै पुरा होस् भनेर कामना गरेका थिए ।
उक्त पूजा र हवन कार्यक्रममा झापाका विभिन्न अग्रज व्यक्तिहरुले प्रवचन दिएका थिए। हवन, पूजा र अग्रज व्यक्तिहरुको प्रवचनले कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई मन्त्र मुग्ध बनाएको थियो ।
जन्मोत्सवको अवसरमा ७३ दीप प्रज्वलन पनि गरिएको थियो, भने विभिन्न जातका बहुमूल्य विरुवाहरू रुद्राक्ष, रक्क्त चन्दन, अगर, काजु लगाएत विरुवाको विभिन्न ठाँउमा ७३–७३ वटा विरुवा वृक्षारोपण कार्यक्रम पनि आयोजना गरिएको थियो ।
प्रधानमन्त्रीको अग्रज व्यक्तित्वलाई सम्मान गर्ने नीति अनुरूप एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्बर ४ ले झापाका विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मानित समेत गरेको छ । म्याराथन खेलमा उत्कृष्ट भई देश विदेशमा राष्ट्रको नाम राख्न महत्वपूर्ण योगदान पुर्याएको भनी सम्मान गरिएको छ ।
त्यसपछि कन्काई माविमा काजुको विरुवा रोपण कार्यक्रम पनि भएको थियो।
प्रधानमन्त्री काठमाडौंमा भएपनि झापा उहाँको गृह जिल्ला हो ।
यस कार्यक्रमको अगुवाई एमाले केन्द्रीय सदस्य गोविन्द थापा लगाएत झापाका विभिन्न व्यक्तिहरुले गर्नुभएको थियो ।
तस्बीरहरू: