१४ फाल्गुन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा महाशिवरात्रिको शुभकामना

प्रकाशित मिति :  १४ फाल्गुन २०८१, बुधबार ०९:४५


.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले ‘महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!’, लेख्नुभएको छ ।

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।
–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !