प्रधानमन्त्रीले बोलाउनुभयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनुभएको छ ।
बैठक भोलि साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश र सरकार सञ्चालनबारे छलफल हुने छ । सरकारले ल्याएका अध्यादेशमा राष्ट्रिय सभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अड्किएर बसेको छ ।
सत्तारुढ दलकै रूपमा रहेको राष्ट्रिय सभामा निर्णायक भूमिका खेल्ने जसपा नेपालले भूमि अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि सरकार अफ्ठेरोमा परेको छ । भोलिको त्यस विषयमा पनि छलफल हुने छ ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थ मन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुन्छ ।
नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा हुनुहुन्छ ।