२५ फाल्गुन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

धरानमा ठुलो परिमाणमा गाँजा समातियो, गाँजासँगै एकजना पक्राउ

प्रकाशित मिति :  २५ फाल्गुन २०८१, आईतवार १३:४०


काठमाडौं । धरानमा प्रहरीले ठुलो परिमाणमा गाँजा समातेको छ ।

प्रहरीले ४ सय ५५ केजी गाँजा सहित एक जनालाई समातेको हो । ९ वटा बोरामा हाली प्लास्टिकमा प्याक गरिएको २ सय ३० केजी र  अन्य २ सय २५ केजी गरी जम्मा ४ सय ५५ केजी लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ ।

धरान उपमहानगरपालिका–२० चिमफुले खोलाबाट गाँजा ओसार–पसार भइरहेको छ भन्ने सूचना पाएपछि सो स्थानमा गएको प्रहरीले गाँजा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वेतर्फ आउने जङ्गलको भित्री पैदल बाटो हुँदै भरियाहरू आउँदै गरेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्न खोज्दा भरियाहरू प्रहरीले देख्नासाथ जङ्गलतर्फ भागेका थिए ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !