१६ चैत्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री

प्रकाशित मिति :  १३ चैत्र २०८१, बुधबार १६:४५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आकलन नै नगरेका बताउनुभयो । देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाबिला गर्न सक्ने स्पष्ट पार्नुभयो । ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन, यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ, देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ’, उहाँले भन्नुभयो ।

 

राष्ट्रिय युवा संघ नेपालको स्वयंसेवी शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नु पर्ने ओलीले बताउनुभयो । ‘पहिलाको यूथ फोर्स जस्तै, यो एउटा निःशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्’, ओलीले भन्नुभयो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !