आम पृथ्वीको प्रत्यक्ष स्वरूप : प्रधानमन्त्री केपी ओली
प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार ०९:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आमा पृथ्वी समानकी भएको बताउनु भएको छ ।
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्नुभएको छ । ‘आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ, सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।
आफूले सानैमा आमा गुमाएकाले जन्मभूमि नै आमाको प्रतिरूप भएको ओलीले उल्लेख गर्नुभएको छ । ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ, मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो, आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन, आमाको मुहार धमिलो सम्झनामा आइरहेछ’, ओलीले लेख्नु भएको छ ।
113
Shares