७ असार २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन-नेपाल मैत्री औद्योगिक पार्ककाे पीडीए चाँडै टुंग्याउने निर्णय

प्रकाशित मिति :  १ जेष्ठ २०८२, बुधबार २१:५५


काठमाडौं । चीन-नेपाल मैत्री औद्योगिक पार्कमा सहमति जुटाई चाँडै आयोजना विकास सम्झौता (पीडीए) टुंग्याउने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको लगानी बोर्डको ६२औँ बैठकले विकासकर्तासँग वार्ता गरी बाँकी विषयमा सहमति जुटाउन निर्देशन दिएको हो ।

बैठकले चीन–नेपाल मैत्री औद्योगिक पार्क झापाको परियोजना विकास सम्झौताअन्तर्गत विकासकर्तासँग सहमति जुटेका विषयमा जानकारी लिँदै बाँकी विषयलाई सम्बन्धित निकायसँगको छलफल एवं समन्वयमा टुङ्गो लगाउन निर्देशन दिएको हाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !