२ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुमारी बैंक लिमिटेड र सी जी मोटर कोर्प बीच सम्झौता

प्रकाशित मिति :  ८ बैशाख २०८०, शुक्रबार १२:२५


काठमाडाैं । कुमारी बैंक लिमिटेड र सी जी मोटर कोर्पका बीच ग्राहकहरूलाई ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप

आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा क्गशगपष् ब्रान्डका सवारी साधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ ।
यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि क्गशगपष् का डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै बिजक मूल्यको ७०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधीसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !