३ मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दिव्य बाल उद्यानमा राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण

प्रकाशित मिति :  १६ श्रावण २०८०, मंगलवार १०:०२


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले मंगलबार हेटौँडा उपमहानगरपालिका–९ को दिव्य बाल उद्यानमा वृक्षारोपण गरेको छ ।

संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मूल नाराका साथ संगठनले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । एक युवा, पाँच बिरुवा अभियान अन्तर्गत विभिन्न जातका ३ सय फलफूलका बिरुवा उद्यानमा लगाइएको छ ।

राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका कमिटीको आयोजनामा वृक्षारोपण गरिएको हो । कार्यक्रमको शुभारम्भ राष्ट्रिय युवा संघकी केन्द्रीय उपाध्यक्ष सीता सुवेदी गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा वाग्मती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठ, युवा संघका केन्द्रीय सचिव जय गुरुङ, एमाले वाग्मती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, युवा संघ नेपाल केन्द्रीय लेखा आयोगका प्रमुख सन्तोष चौलागाईं, युवा संघका नगर उत्प्रेरक निरोज पौडेल, एमाले मकवानपुरका सचिव नवीन सिग्देल, एमाले जिल्ला सचिवालय सदस्य मदन दाहाल, नेताहरू मिना अर्याल, आरती पाठक, रमिला सापकोटा, दिलु घर्ती, नरेन्द्र भण्डारी, लक्ष्मण उप्रेती लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय युवा संघ नेपालले यस वर्ष देश भरी ५ लाख बिरुवा रोप्ने योजना बनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !