३ मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्रिमिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार जरिवाना

प्रकाशित मिति :  ११ भाद्र २०८०, सोमबार १६:१३


काठमाडौं । स्रिमिक एयरका अध्यक्ष रामेश्वर थापालाई पटक पटक प्राधिकरणको काममा बाधा पुर्‍याएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना गराएको छ ।

प्राधिकरणको नियम र कानून पटक पटक उल्लंघन गरेकाे भन्दै प्राधिकरणले थापालाई जरिवाना गराएकाे हाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन,२०५३ को दफा २५ को उपदफा २ बमोजिम उक्त जरिवाना भएको हाे ।

यसबाट पनि उनले अवज्ञा गरे सिम्रिक एयरका सबै उृडान बन्द गर्ने चेतावनी समेत क्यानले दिएको छ ।

प्राधिकरणले स्पष्टीकरण सोध्दा पनि जवाफ नदिई आदेश तथा निर्देशनको अवज्ञा गरेपछि जरिवानाको निर्णय भएको हो ।

विमानस्थलमा प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको उद्धार उडानबाहेक अन्य उडानमा प्रतिबन्ध लगाएकोमा थापा अध्यक्ष रहेको सिम्रिक एयरले अवज्ञा गरेको थियो ।

अर्धन्यायिक निकाय प्राधिकरणको निर्देशनविपरीत थापाले उल्टै ७ दिने चेतावनीसहित अख्तियारलाई समेत बोधार्थ दिएर काम कारबाहीमा प्रत्यक्ष रुपमा प्रभावित पार्न खोजेको आरोप छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !