१३ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईँले गरेकाे कार्यक्रम फितलाे

प्रकाशित मिति :  ७ मंसिर २०८०, बिहीबार ११:०७


काठमाडौं । आज नेकपा एमालेका जनसंगठनले गरेकाे कार्यक्रम प्रभाबकारी र दुर्गा प्रसाईँले गरेकाे कार्यक्रम फितलाे भएकाे छ ।

बिहीबार नेकपा एमालेका जनसंगठन र राजावादी अभियानका दुर्गा प्रसाईँले काठमाडौंमा अलग ठाउँमा शक्ति प्रदर्शन गरेका थिए ।

दुई ठाँउमा दुई समूहले गरेकाे कार्यक्रम हेर्दा दुर्गा प्रसाई‌मने कार्यक्रम फितलाे भएकाे पाइएकाे हाे ।

कुनै गतिलाे एजेन्डा नभएकाले प्रसाईकाे कार्यक्रम फितलाे भएकाे बुझाई छ ।

राष्ट्रिय युवा संघ नेपाल लगायत एमालेका जनवर्गीय संगठनको आयोजनामा काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा जनप्रदर्शन भयो । उता देश बचाउ अभियानको नाम दिएर राजावादीहरूले दुर्गा प्रसाईँको नेतृत्वमा बल्खुमा प्रदर्शन गरे ।

नेकपा एमालेको युवा संगठनले देशमा बढ्दो अराजकता, भ्रष्टाचार, अनियमितता र सत्ता गठबन्धनको कुशासनका विरुद्ध आजको प्रदर्शन घोषणा गरेको थियो । राष्ट्रिय युवा संघ नेपाललाई काउण्टर दिन र एमालेका जनसंगठनको कार्यक्रम भाँड्न दुर्गा प्रसाईँले पनि ७ गते नै कार्यक्रम जुधाउनु भएको थियो । जसमा गठबन्धन सरकारको समेत मौन समर्थन थियो ।

धेरैले हिंसात्मक हुने आशंका गरेको एमालेका जनसंगठनको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बल्खुमा युवा–विद्यार्थीलाई भड्काउन प्रसाईंका कार्यकर्यकर्ताले मोटर साइकल र्‍यालीमा ढुंगा हानेका थिए । त्यस पछि पनि प्रसाईंका कार्यकर्ताले प्रहरीलाई बारम्बार ढुंगा हानेर स्थिति भड्काउने प्रयास गरेका थिए । बल्खु क्षेत्रमा दिनभरि जस्तो झडप भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !