३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एक हल गोरु पाल्ने कृषकलाई हलो

प्रकाशित मिति :  २ चैत्र २०७७, सोमबार ०३:२८


तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ ।

गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो । पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको गाउँपालिका कार्यालयले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाले मिनी ट्रिलरका लागि बीस  लाख रुपैया , कुटानीपिसानी मिलमा , पाँच लाख रुपैया , कृषि टनेलमा  तीन लाख  रुपैया र हलोका लागि  तीन लाख रुपैया बजेट विनियोजन गरेको जनाएको छ । आयआर्जनको माध्यमबाट आर्थिक क्षेत्रमा सबल बनाउन सहयोग पुग्ने हेतुले कृषकलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा उक्त सामग्री वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित क्षेत्रका लागि कृषकले आवेदन दिए पनि उनीहरुको मूल्याङ्कन र स्थलगत अवलोकनपश्चात् मात्रै अनुदानमा सामग्री प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !