९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले नेपाल प्रहरीलाई दिने सहायत लिन कस्ले रोक्यो !

प्रकाशित मिति :  १७ फाल्गुन २०८०, बिहीबार ०६:०९


काठमाडौं । चीनले नेपाल प्रहरीको सञ्चार क्षमता अभिवृद्धि हुनुपर्छ भन्दै दिन थालेको अबैंको सहायत रकम लिन नेपालले अनाकानी गरेको पाइएको छ ।

नेपाले चिनियाँ सहायता रकम लिन आनाकानी गर्नुमा नेपाल सरकारको कमजोरी पनि रहेको पाइएको हो ।

भारत या अमेरिकाले दिने भएको भए तुरुन्त लिने र चीनबाट आउने भएछि आनकानी गर्दै पन्छने अबधारणा प्रधानमन्त्री पचण्डले गर्नु भएको बुझिएको छ ।

नेपाल प्रहरीको सञ्चार क्षमता अभिवृद्धि गर्न एक अर्ब ४० करोड रुपैयाँ बराबरको प्राविधिक सहायता चीनले उपलब्ध गराउने भएको थियो । चीनले यो निर्णय गरेको एक वर्ष भन्दा पनि धेरै भइसक्यो ।

बर्षै वित्दा पनि चीनबाट आउने सहायत रकम नेपाल भित्रन सकेको छैन । तर गृहमन्त्रालयको प्रतिबेदनले भने अन्तिम चरणमा पुगेको देखाएको पाइएको छ ।

उक्त सहयोग नेपाल प्रहरीको कमान्ड सेन्टर र डिजिटल ट्रङकिङ कम्युनिकेसन प्रणालीको दोस्रो चरणको काममा खर्च गर्न योजना रहेको जनाइएको छ । तर अझ पनि उक्त रकम आउने नआउने अझै पनि टुङ्गो भने लागेको छैन ।

नेपालको अबस्था पहिलाको जस्तो छैन संघिय ढाचामा प्रवेश गरिसकेको छ । शुरक्षा क्षेत्र चुस्त दुरुस्त राख्नको लागि यस्तो बेलामा प्रहरीको सञ्चार क्षेत्रमा व्यापक सुधार गर्नु पर्ने हुन्छ । यस्तको लागि भनेर छिमेकी देसले दिने भनेको रकम नलिनुको कुनै तुक नभएको आंकलन गर्न सकिन्छ ।

चीनको सहयोग लिन आनकाकी गरेको प्रचण्ड सरकारले भारतको भने दिल खोलेर सहयोग लिने गरेको छ ।

त्यसै गरी भारतले काभ्रेको पाँचखालमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न गरेको सहयोग दिलखोलेर लिएको छ ।

यसै गरि अमेरिका नेपाली शेनमा छिर्नकै लागि सैन्य अभ्यासको नाममा अमेरिकाले संयुक्त सैन्य अभ्यास अहिले पनि नेपालमा गराइरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !