१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकै नाममा आउँछ : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  १९ फाल्गुन २०८०, शनिबार ०७:१७

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन् ।

शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग संमृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने कुरालाई आफूले खण्डित गरेरै छाड्ने बताए ।

बाँसबारी जुत्ता कारखानाले सरकारी जग्गा हडपेको प्रकरणमा व्यत्तिगत रुपमा कसैलाई केही नभन्ने उल्लेख गरेका उनले कारखानाले हडपेको उक्त जग्गा सरकारको नाममा ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

‘बाँसबारीको जुत्ता कारखानाको प्रकरण हामीले कारबाहीको रुपमा प्रकृया अगाडि बढाएका छौं । र त्यो मालपोतद्वारा त्यो जग्गा राज्यकै नाममा आउने कुरामा म विश्वस्त छु’ गृहमन्त्री श्रेष्ठले भने ।

आर्थिक,सामाजिकलगायत हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिरहेको उल्लेख गरेका उनले नेपालमा राम्रो काम गर्न कठिन भएको बताए । आफूले जुनसुकै ठूला प्रकरणमा ठूला मान्छेलाई समात्ने वित्तिकै दबाब र धम्की आउने गुनासो गृहमन्त्रीले गरे ।
उनले भने, ‘हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिँदै छ । तर, यहाँ दुर्भाग्य छ,दुःख नमान्नुहोला राम्रो काम गर्न बडो कठिन छ । तर,पनि गर्नै पर्छ ।’

नेपाल विकासका दृष्टिले अत्यन्तै राम्रो रहेको चर्चा गरेका उनले देशलाई कुनै हालतमा वृद्धाश्रम बन्न नदिने संकल्पको आवश्यकता रहेको चर्चा गरे । हरेक वर्ष युवा पलायनको बढ्दो ट्रेण्डलाई रोक्नुपर्नेमा जोड दिएका उनले देश बनाउने संकल्प गरेर सबै एकताबद्ध भए संमृद्धि सम्भव भएको बताए ।

‘यो देशको मुहार फेर्नैपर्छ वृद्राश्रम र असफल राज्य बन्न दिनुहुँदैन । यो देश सुन्दर,स्वाधिन र लोकतान्त्रिक छ तर, देश संमृद्ध देश पनि बन्छ भन्ने संकल्प गरेर हामी अगाडि बढ्नुपर्न । हामी एकताबद्ध भएर लागेपछि देशको संमृद्धि सम्भव छ,’ गृहमन्त्री श्रेष्ठले भने ।
बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकै नाममा आउँछ ः गृहमन्त्री श्रेष्ठ

0
Shares

प्रतिक्रिया दिनुहोस !