१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते

प्रकाशित मिति :  २७ फाल्गुन २०८०, आईतवार ०८:४६


काठमाडाैं । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने निर्णय गर्नुभएको हो ।

उहाँले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिवलाई निर्देशन समेत दिनुभयो । बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि २०८० फागुन २९ गते मंगलबारका दिन तोकिएको छ । साथै नियमावली बमोजिम सङ्घीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो । प्रतिनिधि सभामा पहिलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको मिति सार्न प्रस्ताव गरेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !