१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यो देशमा सरकार होइन कुर्सी मात्र छ : ज्ञानेन्द्र शाही

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार ०७:३१


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन् भन्दै प्रश्न उठाएका छन् ।
विहीबार प्रतिनिधि सभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होईन् कुर्सी मात्र भएको बताए ।

उनले भने, ‘यसो हेरे सरकार त छ । तर सरकार छ कि छैन् । छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग हामीलाई उद्धार गर्नुपर्यो भनेर मागिरहनु भएको छ भारतसँग भने के नेपालमा सरकार छ ।

कुर्सी छ कहिले वारी कहिले पारी त्यति छ ।’
यस्तै, उनले रसियामा गोरखाका नागरिक पनि अलपत्र रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले जनताको उद्धार गर्ने विश्वास नभएको बताए ।

उनले भने, ‘गोरखाबाट प्रधानमन्त्री र परराष्ट्र दुवै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले यो देशका जनताको उद्धार गर्छ भनेर कसरी विश्वास गर्ने ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !