२९ चैत्र २०८२, आइतबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढीकाे अध्यक्षमा भुवन राई

प्रकाशित मिति :  23 March, 2024 10:16 pm


उदयपुर । राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटिको तेस्रो अधिवेशन आज चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडामा सम्पन्न भएको छ ।

संघका केन्द्रिय कोषाध्यक्ष राकेश राईको प्रमुख आतिथियतामा आज सम्पन्न भएको अधिबेशनले भुवन राईको अध्यक्षतामा ४७ सदस्य कार्य समिति सर्वसम्मत चयन गरेको छ । यस्तै अधिबेशनले उपाध्यक्षमा रन्जित चौधरी , अम्मेबर राई , सचिवमा सुमन खड्का, उप सचिवमा माया विश्वकर्मा र सबिन कार्की, त्यस्तै कोषाध्यक्षमा शिवु चौधरी र प्रबक्तामा निनाम राई , संगठन बिभाग प्रमुखमा खड्ग बहादुर राई, युथ फोर्स प्रमुखमा अजय श्रेष्ठ, साईबर सर्कल प्रमुखमा माधव खड्का, युवा विज्ञ प्रमुखमा राजिन खत्री, त्यस्तै महिला बिभाग प्रमुखमा मेनुका खड्का र महिला बिभाग उप प्रमुखमा ओसिन राई लगाएत ४७ सदस्य कार्य समिति गठन गरेको छ ।

यसअघि आजै भएको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी राकेश राईले अहिलेको राजनीतिक र सामाजिक स्थितीलाई चिरेर काम गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए । उनले युवासंघ नेपाल विचारसहितको युवाहरुको समुह रहेको जनाउदै युवाहरुको विचारलाई कुन्ठित गर्ने कार्यलाई बन्द गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य पदम राई, जिल्ला सदस्य निरज घिसिङ,युवा संघका अनुशासन सदस्य महेश राई ,प्रदेश कमिटि का नेता दिनेश खड्का ,नेप्सुहाङ राई ,एमाले चौदण्डीगढी नगर कमिटीका कार्यबहाक अध्यक्ष कृष्ण खत्री, एमाले नगर कमिटी सदस्यहरु लुङ्गराज राई, हरी बहादुर खड्का, मुक्ती समाजका प्रदेश उपाध्यक्ष भिम परियार, युवा संघ नेपाल उदयपुर जिल्ला सचिव अनुपराज खत्री लगायतको उपस्थिती रहेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !