२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियुकाे सडक बहसमा त्रिविका कर्मचारी अनुपस्थित, नसुध्रिए कुर्सीबाट सडकमा ल्याउने चेतावनी

प्रकाशित मिति :  १८ चैत्र २०८०, आईतवार १६:००


काठमाडाैं । अनेरास्ववियुले आज विद्यार्थीले एक वर्ष अघि दिएकाे परिक्षाकाे कपि हराएकाे विषयमा त्रिभुनव विश्वविद्यालयकाे परिक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न गरेकाे छ ।

प्रश्नपत्र र उत्तरपुस्तिकाको लापरबाही कहिले सम्म ? जिम्मेवार को ? र किन ? भन्ने विषयमा गरिएकाे सडक बहस अनेरास्ववियुका अध्यक्ष समिक बडाल, उपाध्यक्ष गाेविन्द गिरि लगायतका अन्य नेताहरुकाे उपस्थितिमा केन्द्रिय शैक्षिक विभागकाे आयाेजनामा भएकाे कार्यक्रम सम्मन्न भएकाे हाे ।

अनेरास्ववियुकाे शैक्षिक विभागले त्रिविका उपकुलपति, परिक्षा नियन्त्रक लगायतलाई पनि बहसमा बाेलाएकाे थियाे । तर, उहाँहरु जवाफ दिन उपस्थित नभएपछि बहस प्रदर्शन हुँदै काेणसभामा माेडिएकाे थियाे ।

कार्यक्रमा सहभागि विद्यार्थीहरुले त्रिविकाे ढिलासुस्ती कहिले सम्म ?, विद्यार्थीकाे भविष्यमाथि खेलवाड गर्न पाइँदैन, १६८ वटा कपि खाेई जस्ता नाराहरु लगाएका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै संगठनका अध्यक्ष समिक बडालले त्रिविका कर्मचारी समस्या देखि कतिदिन लुकेर र भागेर बस्ने भन्दै अनेरास्ववियु यसैगरि जफावविहिन भएर भागेर बसे अझैं ठूलाे रचनात्मक आन्दाेलनकाे बाटाे अपनाउने बताउनुभयाे ।

‘आज हामीले यहाँ उपकुलपतिलगायतका कर्मचारीसँग जवाफ माग्ने भनेका थियाैं । तर उहाँहरुकाे उपस्थिति भएन । हामी उहाँहरुलाई चुनाैतिका साथ भन्न चाहान्छाैं । यसरी जवाफविहिन भएर भागि हिड्ने हाे भने आज हामीले सांकेतिक कुर्सी राखेर कार्यक्रम गरिरहेका छाैं । तपाईंहरु बसेकाे कुर्सीबाट तपाईंहरुलाई सडकमा ल्याउन सक्ने ल्याकत अनेरास्ववियुसँग छ । याे चेताना तपाईंहरुलाई हाेस्’ उहाँले भन्नुभयाे ।

त्यस्तै काेणसभामा आफ्नाे भनाई राख्दै उपाध्यक्ष गाेविन्द गिरीले वर्षेनि त्रिविकाे लापरबाहीका कारण परिक्षा लिइसकेकाे कापि हराउने र विद्यार्थीलाई पुन: परिक्षा दिन लगाउने परिपाटी बन्द हुनुपर्ने भन्दै त्रिविकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

‘विश्व एआईकाे जमनामा फड्काे मारिसके पनि त्रिवि अहिले पनि पुरानै सिलेबमा अड्काे छ । याे विद्यार्थीका लागि उपयाेगि हुन सक्दैन यसमा त्रिविले ध्यान दिन जरुरी छ’ उहाँले भन्नुभयाे ।

त्यस्तै शैक्षिक विभाग प्रमुख गाेविन्द थपलियाले यस विषयमा त्रिविका कर्मचारी यस आन्दाेलनबाट पनि नसुध्रिए देशैभर अझ शसक्त आन्दाेलन गर्ने बताउँदै शैक्षिक र विद्यार्थीका मुद्दामा जिम्मेवार र व्यवहारीक बन्न त्रिविका कर्मचारीकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !