एनआरएनको विधान अक्षरशः पालना गरेर अघि बढ्दा संस्था एक हुने : विनोद कुवँर
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता विनोद कुवँरले एनआरएनको विधान अक्षरशः पालना गरेर अघि बढ्दा संस्था एक हुने बताउनुभएको छ ।
सर्वोच्च अदालतको फैसला अनुसार समानान्तर गतिविधिह? गरिरहेका सबै समूह खारेज भएपछि एक समूहको नेतृत्व गरेका कुँवरले सवै एकै ठाउँमा बसेर संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । संघको दशौं महाधिवेशन विवादस्पद बनेपछि संघका पूर्वअध्यक्ष शेष घले निकट कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।
उक्त कार्यसमितिले सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा.नहकुल सुवेदीको संयुक्त इजलासले तीनवटै (डा.वद्री केसी, आरके शर्मा र विनोद कुवँर) समूहका समानान्तर गतिविधिलाई अवैध भन्दै २०७८ माघ १ गतेको ८१ औं आइसीसीको बैठकले गठन गरेको उच्चस्तरीय समितिलाई ब्युँत्याएको छ ।
सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेको अध्यक्षतामा बस्ने पहिलो बैठकपछि ६ महिनाभित्र एकताको अधिवेशन गर्नुपर्ने छ । अहिलेसम्म सर्वोच्च अदालतको पूर्णपाठ आइ नसकेकाले उच्चस्तरीय समितिको बैठक बस्न सकेको छैन ।
संमितिमा घलेसँगै पूर्व अध्यक्षह?का साथै समानान्तर समितिबाट केही व्यक्तिलाई पनि थप गरिएको छ । कुँवरले समितिको पहिलो बैठक भौतिक उपस्थितिमा बस्ने र त्यसपछि प्रक्रियाह? अघि बढ्ने जानकारी दिए ।
उहाँले संयोजकका हिसावले घलेले सबैसँग छलफल गरिरहेको र हाल अष्ट्रेलियामा रहेकाले केही दिनमा नेपाल फर्किने पनि जानकारी दिए । घले नेपाल फर्किएपछि बैठक बोलाउने तयारीमा रहे पनि सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आउन ढिला भएकाले केही समय कुर्नुपर्ने उहाँले बताउनुभयो ।
पूर्ण पाठ आउन अझैं एक महिना जति लाग्ने सम्भावना रहेको बताउँदै एकताको अधिवेशन गर्नका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
यसैगरी, सर्वोच्चको आदेश अनुसार परराष्ट्र मन्त्रालयले पठाएको चिठीका विषयमा प्रश्न गर्दा उहाँले आफूह? अहिले पूर्णपाठकै प्रतिक्षामा रहेको बताउनुभयो । उहाँले एनआरएनएको सचिवालय चलाउने जिम्मा सिईओको रहेकोले उहाँले उक्त पत्रको उहाँले कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिनुभयो ।