१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जापान र नेपालबीच कुनै सम्झाैता नहुने, विदेशमन्त्री राति १० बजे फर्किने

प्रकाशित मिति :  २३ बैशाख २०८१, आईतवार १४:४८


काठमाडौं । आइतबार दिउँसो काठमाडौं उत्रिएकी जापानकी विदेशमन्त्री खामीखावा योकोले भेटघाटसँगै काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुग्नुभएकाे उहाँले दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्नुअघि २ः३० बजे दरवार स्क्वायर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

खामीखावा र श्रेष्ठबीचको द्विपक्षी भेटवार्ता सम्पन्न भएपश्चात ३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने र ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी होटल सोल्टीमा परराष्ट्रमन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको डीनरमा सहभागी हुने र त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने शीतल निवास पुग्ने कार्यक्रम रहेको छ । कामीकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा उनले कुनै दुईपक्षीय सहमति र सम्झौता नगर्ने जनाइएको छ ।

विदेशमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालसहतिको टोलीले स्वागत गर्नुभएकाे थियाे ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामीखावा नेपाल भ्रमणमा आउनुभएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !