१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित हुँदै

प्रकाशित मिति :  ११ जेष्ठ २०८१, शुक्रबार ०८:१६


काठमाडौं । संघीय संसद्‍का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।

प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे र राष्ट्रिय सभाकाे बैठक दिउँसाे सवा १ बस्ने संसद् सचिवालयले जनाएकाे छ । सदनका दुवै बैठकबाट आज सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ ।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नुहुनेछ ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्नुहुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माननीय राष्ट्रपतिले ०८१ जेठ १ गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त ब कमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

आ.व. २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री प्रचण्डले उक्त छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

सभामुख घिमिरेले प्राप्त संशोधनहरु र राष्ट्रपतिले ०८१ जेठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।

जेठ ७ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकैबीच प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएकाे थियाे । आजकाे बैठक पनि कांग्रेसले अवरुद्ध गर्न सक्ने सम्भावना कायमै छ । सहकारीको ठगी काण्डमा गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ । तर पछिल्लो समय कांग्रेसको नाराबाजीबीच सभामुखले संसद् बैठक अगाडि बढाइरहेका छन् ।

आजकाे राष्ट्रिय सभा बैठकमा पनि सरकारकाे नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची छ ।

जेठ ७ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकैबीच प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएकाे थियाे । आजकाे बैठक पनि कांग्रेसले अवरुद्ध गर्न सक्ने सम्भावना कायमै छ । सहकारी ठगी काण्डमा उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ । तर पछिल्लो समय कांग्रेसको अवराेधबीच सदन अगाडि बढाइएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !