१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले आज बजेट सार्वजनिक गर्दै

प्रकाशित मिति :  १५ जेष्ठ २०८१, मंगलवार ०८:४१


काठमाडाैं । सरकारले आज आगामी आर्थिक वर्ष २०८१-८२ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१-८२ को बजेट प्रस्तुत गर्नुहुनेछ ।

अर्थमन्त्रीले बजेट प्रस्तुत गरिसकेपछि दुवै सदनकाे संयुक्त बैठक स्थगित हुनेछ । आज नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक छुट्टाछुट्टै बस्नेछ । दुवै सदनको बैठकमा अर्थमन्त्री पुनले बजेटको प्रतिवेदन पेस गर्नुहुनेछ ।

यस वर्ष करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुने बताइएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएकाे सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अवराेधबीच सरकारले जेठ १३ गते नीति तथा कार्यक्रम पारित गरेकाे थियाे ।

हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !