अत्यधिक गर्मी, घर बाहिर निस्कनै गाह्रो
काठमाडौं । केही दिनयतादेखि देश भरी नै अत्यधिक गर्मी बढेको छ ।
जेठको पहिलो हप्तामा परेको पानी पछि आकाश खुलेसँगै अत्यधिक गर्मी बढेको हो । गर्मीका कारण देशका अधिकांश क्षेत्रको जनजीवन नै प्रभावित भएको छ ।
खास गरी, मधेस, भित्री मधेस, पहाडी भगेका गर्तिर क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । तराई र भित्री मधेसका अधिकांश जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसबाट उकालो लागि सकेको छ ।
पहाडी जिल्लामा समेत दिउँसोको तापक्रम ३२ डिग्रीदेखि ३५ डिग्रीभन्दा उकालो लाग्न लागेको छ । जसले गर्दा दिउँसो घर बाहिर कामकाजमा निस्कन गाह्रो हुने गरेको छ ।
अत्यधिक गर्मी बढेपछि तराईका धेरै विद्यालयहरू बन्द गरिएका छन् । गर्मीको कारण विद्यार्थी बिरामी पर्न लागेपछि विद्यालय बन्द गरिएका हुन् ।
बजार क्षेत्रमा दिउँसो मानिसहरूको चहलपहल निक्कै घटेको छ । दिउँसो मानसीहरू घरबाहिर निस्कनै नसक्ने भएका छन् । यसले गर्दा दैनिक कामकाजी मानिसहरूलाई समस्या परेको छ ।
अत्यधिक गर्मीले मानिसको ज्यान नै लिन सक्ने भन्दै चिकित्सकहरूले अत्यावश्यक काम बाहेक घाममा बाहिर ननिस्कन आग्रह गरेका छन् । निस्कनै परे छाता ओढेर बाहिर निस्कन र प्रशस्त पानी पिउन उहाँहरूको सुझाव छ