आज विश्व दूध दिवस मनाइँदै
प्रकाशित मिति : 1 June, 2024 10:58 am
काठमाडाैं । आज विश्व दूध दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी विश्व दूध दिवस मनाउन लागिएकाे छ । दिवसका अवसरमा नेपाल डेरी एसोसिएसन लगायत दुग्ध व्यवसायसँग सम्बन्धित संघ-संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ लाई विश्व दूध दिवस मनाउन सुरु गरेको हो ।
नेपालले भने सन् २०११ देखि यो दिवस मनाउन थालेको हो ।
0
Shares












