पाल्पामा जीप दुर्घटना, तीन जनाकाे ज्यान गयाे
प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार ०८:४६
काठमाडाैं । पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गएकाे छ ।
तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको बोलेरो जीप बुधबार राति नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा ३ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
ज्यान गुमाउनेमा स्याङ्जा पुलतीबजार घर भइ बुटवल-१० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा-३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा-३ बस्ने ५० वर्षिया भगवती श्रेष्ठ छन् ।
दुर्घटनामा बुटवल-९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ र बुटवल-११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गएराति ९ बजे आफूहरूलाई घटनाको खबर आएपछि उद्धारमा खटिएको डीएसपी पण्डितले बताए।
0
Shares