१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयकमाथिकाे मन्त्रालयगत छलफल जारी रहने

प्रकाशित मिति :  २ असार २०८१, आईतवार ०८:१७


काठमाडाैं । प्रतिनिधि सभा बैठक आइतबार पनि बस्दैछ ।

संघीय संसद् भवन बानेश्वरमा बिहान ११ बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने संसद् सचिवालयले जनाएकाे छ ।

आजकाे बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

त्यसअघि बैठकमा सांसद्हरु खर्च कटाैतीकाे प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसद् रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद्हरु राजेन्द्रप्रसाद लिङदेन, प्रेम सुवाल, मुक्ताकुमारी यादव, अमरेशकुमार सिंह, रोशन कार्की र श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !