७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री प्रचण्ड र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता, सम्झौता र सहमति कार्यान्वयनमा छलफल

प्रकाशित मिति :  २ असार २०८१, आईतवार २०:५०


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बाटरबीच भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री प्रचण्ड र सीपीपीसीसीका उपाध्यक्ष बार्टरबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा आइतबार भेटवार्ता भएकाे हाे ।

भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित तथा सहयोग, दुई देशबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएकाे प्रधानमन्त्री प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल-चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने लगायत सम्झाैताहरु कार्यान्वयन हुँदै गएकाेमा चीन सरकारलाई धन्यवाद दिनुभयाे । बाँकी सम्झाैताहरु पनि क्रमश: कार्यान्वयन हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।

साे अवसरमा सीपीपीसीसीका उपाध्यक्ष बाटरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएकाे बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !