१३ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सत्ता समिकरणमा समस्या भनेको हल्ला मात्र हो यथार्थ होइन – प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  ३ असार २०८१, सोमबार १२:३८


 

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनु भएको छ ।

सोमबार बिहान चितवन पुग्नुभएको प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो हाम्रो सत्ता समिरणमा कुनै पनि समस्या छैन ।

उहाँले वाहिर आएको कुरा हल्लामात्र भएको र सत्ता समिकरणमा हल्लाले केही नगर्ने समेत बताउनुभयो ।
सत्ता सझेदार दल रास्वपाई भने गोजिमा राजिनामा पत्र वोकेर हिड्ने दल भनेर समेत बताउनुभएको छ ।

गत जेठ १५ गते सदनमा पेश भएको आगामी आर्थिक वर्ष ०८१८२ को विनियोजित बजेटलाई लिएर एमाले अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्दै आफ्ना सांसदहरूलाई खुलेर छलफल गर्न निर्देशन दिनु भएको र रास्वपाले पनि सरकारबाट वाहिरिने जस्तो कुरा आएपछि सत्ता समिकरणमा प्रश्न उठेको थियो ।

त्यतिमात्र नभएर एकीकृत समाजवादीले समेत सार्वजनिक रुपमा नै सरकारको आलोचना गरिरहेका छ । बजेटको विषयमा स्वयं माओवादी भित्र पनि असन्तुष्टि रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !