३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनियाँ उच्च शैक्षिक प्रदर्शनी, नेपाली विद्यार्थीको घुईचो

प्रकाशित मिति :  18 June, 2024 5:35 pm


काठमाडौं । आज काठमाडौंको हायात होटलमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी भएको छ ।
प्रदर्शनीमा चीनका २१ वटा विश्वविद्यालयका परामर्शदाताको स्टल रहेको छ ।

हायात होटलमा भएको उक्त उच्च शिक्षा प्रदर्शनीमा नेपाली विद्यार्थीको घुँईचो लागेको थियो ।
युरोप तिर आर्कषण भइरहेको नेपाली विद्यार्थीलाई चीन पनि एक गन्तब्य भएको विभिन्न विश्वविद्यालयका परामर्शदाताहरुको भनाई छ ।

नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको छ । चीनका महान् भिक्षु महामञ्जुश्री, फास्यान र स्वान चाङको काठमाडौं र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक भ्रमण, नेपाली राजकुमारी भृकुटी र कलाकार अरनिकोको चीनको राजधानी पेचिङ लगायतका विभिन्न क्षेत्रहरूको भ्रमण र तत्कालिन तिब्बती राजकुमारसँग राजकुमारी भृकुटीको वैवाहिक सम्बन्धले पनि चीन–नेपाल सम्बन्ध निकै प्रगाढ मानिन्छ ।

सन् १९५५ अगस्त १ का दिन दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि परम्परागत सम्बन्ध आधुनिक सम्बन्धमा रूपान्तरण भएको हो । कुटनीतिक सम्बन्ध स्थापना भएको झण्डै सात दशकको अवधिमा दुबै देशका उच्च नेताहरूको एकअर्का देशमा नियमित रूपमा भइरहेको भ्रमणले आपसी हितका विविध विषयहरूलाई उजागर गर्दै सहयोगका क्षेत्रहरू अझ व्यापक बनाउने कार्य हुँदै आएकोे छ ।

नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा परिषद्ले शैक्षिक प्रदर्शनीको आयोजना गरेको हो । आयोजना उप प्रधान तथा परराष्ट मन्त्री नारायण काजी श्रेष्ठ , नेपालका लागि चिनियाँ राजदुत छन् सोङले संयुक्त रिवन काटेर सुरु गरेका थिए ।

प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले भाग लिएका थिए ।

गत वर्ष चीन सरकारले नेपाल सरकारलाई दिएको छात्तवृत्तिको कोटा (सरकार) ४५ जनामा जम्मा २३ जना विद्यार्थीमात्र पढ्न चीन गएका थिए ।

चीनमा हाल १६० देशका विदेशी विद्यार्थीको संख्या पाँच लाख रहेको छ । भने चीनले विदेशी विद्याथीलई विभिन्न प्रकारको छात्रावृति समेत उपलब्ध गराउदै आएको छ । चीनले नेपाली विद्यार्थीलाई विभिन्न विषयमा दुई सय वटा भन्दा वढी छात्रावृति उपलब्ध गराउदै आएको छ ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !