संसद्का कर्मचारीको आन्दोलनले प्रतिनिधि सभा बैठक प्रभावित
प्रकाशित मिति : ९ असार २०८१, आईतवार १२:३८
काठमाडाैं । आन्दोलनरत संसद् सचिवालयका कर्मचारीले संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
सेवा सुविधा थप लगायत विभिन्न मागसहित केही दिन यता विरोध गरिरहेका कर्मचारीहरू आइतबार संसद् भवनअगाडि हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।
कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधि सभा बैठक प्रभावित भएकाे छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेकाे छैन ।
0
Shares