१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति :  १० असार २०८१, सोमबार १३:५४


काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउत रहेका छन् ।

राउतलाई जिल्ला अदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय तोकेको थियो ।

उहाँलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभू चसिडोलबाट पक्राउ गरेको हो ।

उहाँलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !