रोकियो कर्मचारीको सरुवा
प्रकाशित मिति : १० असार २०८१, सोमबार १६:४७
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा रोकेको छ ।
मन्त्रालयले एक सूचना जारी गरी अर्को सूचना नआएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जनाएको छ । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्नु परेको सूचनामा उल्लेख छ ।
पहुँच र भनसुनका आधारमा सरुवा हुने गरेको भन्दै आलोचना भएपछि मन्त्रालय सरुवा रोकेको हो ।
0
Shares