प्रतिनिधि सभा बैठक : बाढी, पहिरो र चट्याङले प्रभावितलाई राहत दिन र घाइतेकाे उपचार गर्न माग
काठमाडाैं । सांसद्हरुले बाढी, पहिरो र चट्याङ लगायत प्राकृतिक विपद्बाट ज्यान गुमाएकाका परिवारलाई राहत र घाइतेकाे उपचार गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद्हरु प्राकृतिक विपद्बाट प्रभावित भएकाहरुप्रति गम्भीर बन्न सुझाव दिए ।
बैठकमा बाेल्दै नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपानेले बाढी र पहिराे जाँदा अलर्ट गराउने गरिएकाे भन्दै चट्याङको अर्लट गर्न के गर्न सकिन्छ भन्ने प्रश्न गर्नुभयाे । चट्याङमा परेर जयराम चाैधरी र शालिन चाैधरीकाे ज्यान गएकाे भन्दै उहाँले केही घाइते भएका बताउनुभयाे । ज्यान गुमाएकाका परिवारलाई राहत र घाइतेकाे उपचार गर्न सांसद् न्याैपानेले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
नेकपा एमालेका सांसद् मानवीर राईले असार ११ र १३ काे अविरल वर्षाका कारण साेलुखुम्बुसहित देशभर जनधनकाे क्षति भएकाे बताउनुभयाे । साेलुखुम्बुकाे सल्लेरीबाट खुम्बु र नाम्चे क्षेत्र थामडाँडासम्म जाने बाटाे दूधकाेशीकाे नदीकाे ओर्लाङघाटमा बाढीपहिराेले अवरुद्ध गरेकाे बताउनुभयाे । पहिराेले केराबारीमा सर्वधन राईकाे घर भत्केकाे, भीमबहादुर माझीकाे घर पुरिएकाे, जयकुमार राई र डाेलकुमार राईकाे घर भत्काएकाे र चन्द्रबहादुर राईकाे घर पनि पुरिएकाे उहाँले बताउनुभयाे । क्षति भएकाे बाटाे बनाउन र घर भत्किएकाहरुलाई राहत दिन आग्रह गर्नुभयाे ।
नेकपा माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले विराटनगर जलमग्न भएकाे भन्दै त्यसकाे व्यवस्थापनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयाे । त्यहाँ तत्काल उद्धार गर्न पनि सरकारकाे ध्यानाकर्षण गरायनुभयाे ।
कांग्रेस सांसद् रामहरि खतिवडाले पनि देशभर बाढी पहिराे गएकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले ओखलढुंगाका पहिराेले घर बगाउँदा देवकुमारी खत्रीकाे ज्यान गएकाे बताउनुभयाे । घर बगाउँदा घाइते भएका २ जनालाई ट्रमा सेन्टरमा ल्याएर उपचार भइरहेकाे बताउनुभयाे । प्रभावित बाढी-पहिराेले जनधनकाे क्षति मात्र नभइ धेरै बाटा, खानेपानी र विद्युतका लाइन ध्वस्त बनाएकाे बताउनुभयाे । यसकाे व्यवस्थापन गर्न नसकेकाे यसकाे असर भाेलि स्थानीय तहमा हुने उहाँले बताउनुभयाे ।