१३ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आंगिक कलेजहरुमा निजी व्यापार र भ्रष्टाचार भइरहेको छ : प्रभु साह

प्रकाशित मिति :  १३ असार २०८१, बिहीबार १७:०३


 

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आंगिक कलेजहरुमा निजी व्यापार भइरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

‘सरकारी कलेजहरु, खासगरी आंगिक कलेजहरुमा निजी व्यापार भइरहेको छ । सरकारी कलेजहरुमा प्राइभेट कलेजहरु जसरी निजी अनुमति लिने र अकुत पैसा उठाएर ब्यापार गर्ने त्यो खुलेआम भ्रष्टाचार भइरहेको छ’ उहाँले भन्नुभयो , ‘यसको अवस्था के हो हामी जान्न चाहन्छौं ।’

सरकारी पैसाबाट तलब खाने, सरकारी पैसाबाट पूर्वाधारमा निजी अनुमति लिएर पैसा उठाउने र अपारदर्शी ढंगले त्यसको दुरुपयोग गर्ने काम आंगिक कलेजहरुमा भइरहेको उल्लेख गर्दै उहाँले यस्तो हुन नदिनको लागि समेत माग गर्नुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !