१३ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन गएका एमाले नेताहरुले गरे माओ त्से तुङले प्रयाेग गरेका सामाग्रीकाे अबलोकन (फाेटाे फिचर)

प्रकाशित मिति :  १४ असार २०८१, शुक्रबार १७:१९


काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा गएको एमाले उमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोलीले आज माओ त्से तुङको पालाको उहाँले प्रयोग गुर्न भएको समाग्रीहरुको अबलोकन गरेका छन् ।

टोलीले माओ त्से तुङले प्रयोग गर्नु भएको कुर्सी, घर , ओछ्यान गाडी लगाएका समाग्रीको अबलोकन गर्नु भएको हो ।

टोलीमा नेताहरू भानुभक्त ढकाल, सुजिता शाक्य, विनोद श्रेष्ठ, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, इन्दिरादेवी गौतम, तथा सांसद्हरू महेश बस्नेत, सरस्वती सुब्बा र मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल लगायत हुनुहुन्छ ।

टोली १० दिनको लागि चीन गएका हुन् । चीन भ्रमणमा जान लागेको टोलीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिदाइ गर्नुभएको थियो ।

टाेलीले चिनिया कम्युनिष्ट पार्टिको अन्तराष्ट्रिय विभागको उपमन्त्री सन हायाङ् भेटघाटवार्ता गरिसकेकाे छ ।

माओ त्सेतुङका पालामा बनेका र उहाँले प्रयाेग गरेका सामाग्रीहरुकाे अवलाेकन समेत टाेलीले गरेकाे छ ।

हेर्नुहोस् फोटोहरु  :-

 


0
Shares

प्रतिक्रिया दिनुहोस !