१३ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एसईईको नतिजाले बताउँछ नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो : अध्यक्ष यादव

प्रकाशित मिति :  १६ असार २०८१, आईतवार १६:४९


Upendra Yadav

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भर्खरै सार्वजनिक भएको एसईईको नतिजाले नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो भन्ने सावित गरेको टिप्पणी गर्नुभएको छ ।
आइतबार नेकपा एसको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उहाँले अहिले लोकतन्त्र दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा बदलिँदै गएको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य सेवामा माफियाहरुको विगविगी रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ,‘अहिले लोकतन्त्र विस्तारै कमजोर भइरहेको छ । लोकतन्त्रको खतरा कुनै बाहिबाट छैन् हामी भित्रैबाट छ । लोकतन्त्र दलको शासन एवम दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको छ । एसईईको नतिजा आयो । त्यसबाट के थाहा हुन्छ भने नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो । एसईईको नतिजाले त्यो पुष्टि गरेको छ । यता, स्वास्थ्य सेवामा माफियाहरुको बिगबिगी छ ।’

उहँले संसदलाई असंवैधानिक तरिकाले दुईदुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको अवस्थामा व्यवस्थाको रक्षा गर्नको लागि माधव नेपालले विद्रोह गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले मुलुक जटिल अवस्थामा छ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगिएका छौं । त्यसमा कमरेड माधवजी र यहाँको पार्टीको ठूलो योगदान छ ।
जुन बेलामा संसदलाई असंवैधानिक तरिकाले दुईदुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको थियो । त्यो बेलामा लोकतन्त्र रक्षा गर्नको लागि प्राप्त अधिकारलाई जोगाउनको लागि उपलब्धीहरुलाई संस्थागत गर्नका लागि आवश्यक थियो ।

त्यो आवश्यकता परेको बेलामा यहाँहरुले विद्रोह गर्नुभयो र आज संघीय गणतन्त्रको रक्षाको महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ ।’
त्यस्तै यादवले हालै भएको राजदूत नियुक्तिमा पनि रकम लेनदेन भएको आरोप लगाउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !