प्रहरी निरिक्षक सिवाकोटी जेल चलन
प्रकाशित मिति : १९ असार २०८१, बुधबार १८:३५
काठमाडौं । बालिका माथि बलात्कारको अभियोग लागेका प्रहरी निरिक्षक सिवाकोटी जेल चलन भएका छन् ।
आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कारको अभियोग लागेका प्रहरी निरीक्षक विदुरप्रसाद सिवाकोटी जेल चलान भएका हन् ।
आफ्नै घरमा पढाउने शर्तमा राखिएकी बालिकालाई जेष्ट २३ गते कामपा ले उद्दार गरेको थियो ।
उद्दार पछि वालिकाले आफूमाथि बलात्कार भएको जानकारी दिएकी थिइन् । सोही आधारमा जाहेरी परेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका सिवाकोटीलाई स्वयम्भू वृत्तले पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो।
जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
0
Shares