१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १३:०७


नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ३ कार्य समितिले शनिबार नारायण गोपाल चोकमा आयोजना गरेको ‘ वर्तमान राजनीतिक अवस्थामा नेपाली काङ्ग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापा । तस्बिर :हरिराम भेटुवाल / रासस
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री दाहालाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु उहाँका निम्ति श्रेयस्कर हुने बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उहाँले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन   नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहो¥याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताउनुभयोे ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !