रविलाई प्रचण्ड चाहिन्छ कि प्रचण्डलाई रवि
काठमाडौं । अहिले गृहमन्त्री रविलामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थन गरेसँगै प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपरेको छैन ।
अर्थात उहाँको राजिनामा केही दिनको लागि टरेको छ ।
तर कांग्रेस एमालेले भने उहाँको राजिनामा मागिरहेको छ । दवाव दिइरहेको छ ।
अल्पमतमा परेको प्रधानमन्त्री प्रचण्डलाई पदभने पछि मरिहत्य गर्ने रविले किन समर्थन गरिरहेका छन् यो भने अचम्म लाग्दो कुरा छ । प्रधानमन्त्री प्रचण्डले रविलाई प्रधानमन्त्रीको ललिपप देखाएर रोकेको भन्ने कुरा पनि वाहिर आएको छ ।
तर त्यो मत्र नभएर आउँने निर्वाचन गठवन्धन गर्ने सम्मको कुरा पनि आएको छ । यो सँगै अहिले रविलाई प्रचण्ड चाहिन्छ की प्रचण्डलाई रवि भन्ने कुराको चर्चा सुरु भएको छ ।
तर दुवै पार्टी ८४ को चुनाव पछि सिधिने निश्चित भएको छ । माओवादीका् खिइने क्रम जारी रहेरको र रास्वपाको पनि इलामको उपनिर्वाचनको परिणम हेर्दा ८४ पछि पार्टी नरहने निश्चित जस्तै छ ।
आज रविलामिछानेको प्रधानमन्त्री सँगको भेटमा आगामी चुनाव सम्मको कुरा भएको वाहिर आएको छ ।
प्रधानमन्त्री प्रचण्डले दुवै पार्टीलाई ८४ मा एक आर्काको साथ चाहिने भन्दै छलफल गरेको स्रोतले बताएको छ ।
तर रवि लामिछानेले भने ८४ को कुरा ८४ मै गरुला तर अहिलेको लागि भने मेरो समर्थन छ । तर छिटै विश्वासको मत चाँही लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नु भएको थियो ।
यो सँगै रविलाई प्रचण्ड भन्दा पनि प्रचण्डलाई रवि अहिले पनि र ८४को चुनाव सम्म पनि चाहिने देखिन्छ ।