प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने
प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १६:३४
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएकाे छ ।
कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको बेला प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने हुनुभएकाे हाे ।
प्रधानमन्त्री दाहालद्धारा जारी पत्रमा असार २८ गते विश्वासको मत लिने उल्लेख गरिएकाे छ ।
एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।
0
Shares