सर्पले डस्दा महिलाको गयाे ज्यान
प्रकाशित मिति : २९ असार २०८१, शनिबार ११:२४
सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको ज्यान गएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार ज्यान गएको हो ।
चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उहाँको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।
–रासस
0
Shares