२ चैत्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मृतकका परिवारलाई छ लाख ५० हजार राहत

प्रकाशित मिति :  ३० असार २०८१, आईतवार १७:१८


गलकोट (बागलुङ) ।  मनसुनजन्य विपद्बाट बागलुङमा तीनजनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु छ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ ।
बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुईजनाको ज्यान गएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको ज्यान गएको थियो । मनसुनजन्य विपद्बाट ज्यान गएकाका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
यही असार २७ गते राति बागलुङ–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको ज्यान गएको थियो । मृतक शर्माकी छोरी निर्मला शर्मालाई दुई लाख ५० हजार नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार सङ्घीय सरकारको  दुई लाख र प्रदेश सरकारको ५० हजार रकम मृतकको परिवारलाई प्रदान गरिएको छ ।
यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान्–श्रीमतीको मृत्यु भएको थियो । गलकोट–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो । मृतक श्रीमान्–श्रीमतीको परिवारलाई  चार लाख एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !