डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्र्ने सञ्चारमन्त्रीको निर्णय
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्र्ने निर्णय सदर गर्नुभएकाे छ ।
सोमबार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले हस्तान्तरण गरेको उक्त प्रस्तावमा सञ्चारमन्त्री गुरुङले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा उक्त निर्णय सदर गर्नुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘राष्ट्रपतिले सम्बोधन गर्नुभएको विषय हो । सञ्चार तथा सूचना तथा प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्ने योजना रहेको छ र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने रहेको छ । सूचना प्रविधि सम्बद्ध निकायको पुर्नसंरचना गर्ने भन्ने छ । निर्णयको फाइल सदर गरेको छु ।’
उहाँले पद बहाली गरेको दिन ठूलो कुरा गर्ने तर काम केही नगर्ने भन्दै नीतिगत र संस्थागत अध्ययन गरेर कुन काम मन्त्रालयका लागि आवश्यक हो, कुन काम होइन, त्यो बुझेर मात्रै बोल्ने अठोट व्यक्त गर्नुभयाे ।