अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको निधन ३४ घाईते
प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १२:४०

अफगानिस्तान । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको निधन हुनुका साथै ३४ जना घाइते भएका छन् । मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताउनु भयो ।
मङ्गबार बिहान खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि निधन हुनेमामा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन् । उनीहरुका अनुसार महिला र बालबालिका सहित ३४ जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
जुलाई–४ मा पश्चिमी हेरात प्रान्तमा भएको यस्तै दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य १५ जना घाइते भएका थिए ।
–रासस
0
Shares