२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गंगालाल अस्पताललाई पाँचसय शैयामा विस्तार गरिन्छ: मन्त्री पौडेल

प्रकाशित मिति :  16 July, 2024 12:43 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताउनुभएकाे छ।

मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताउनुभएकाे छ ।

केपी शार्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुगेका हुन् ।

मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशकलगायत कर्मचारीहरूसँग छलफल गरी अन्य विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएकाे छ ।

सो क्रममा गङ्गालाल अस्पताललाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताए । उनले अन्य ६ वटै प्रदेशमा समेत हृदय रोग केन्द्रको स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने बताउनुभएकाे छ ।

अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार यस केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने उहाँले बताउनुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !