२९ फाल्गुन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले पुनः काम सुरु

प्रकाशित मिति :  २ श्रावण २०८१, बुधबार ११:२३


काठमाडौं । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ ।

यसअघि पनि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काएकाे थियाे तर सडक डिभिजन कार्यालयले पुन हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट समेत दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

यसअघि सडक साघुँरो बनाएर फुटपाथ फराकिलो बनाउन लागिएको विरोधमा स्थानीयले समेत प्रदर्शन पनि गरेका थिए । यसै विषयलाई लिएर नगरसभामा पनि जनप्रतिनिधिबीच नोकझोक चलेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो ।

अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !