१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभापति देउवाद्वारा महिला संघको भवन शिलान्यास

प्रकाशित मिति :  २ श्रावण २०८१, बुधबार १४:०२


काठमाडौं । नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्नुभएकाे  छन् ।

शिलान्यास गर्दै सभापति देउवाले भवनको शिल्यानास गर्ने मौका पाउँदा आफूलाई सौभाग्यशालि ठानेको बताएका छन् ।

कति ठाउँमा शिलान्यास गर्ने तर भवन निर्माण नहुने समस्या रहेको भन्दै उनले भवन निर्माण गरि उद्घाटन नै गर्नका लागि शुभकामना दिएका छन् ।

उहाँले भन्नुभयाे,‘यो भवनको शिलान्यास गर्ने मैले मौका पाएको छु ,त्यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो । प्राय के हुन्छ भने शिलान्यास गर्ने यत्तिकै छोड्ने पनि हुन्छ । त्यसैले मैले त अझ के भन्छु भने उद्घाटन गर्न बोलाउँनुहोस् शिलान्यास गर्न बोलाउँदै नबोलाउनुहोस् पनि भनेको छु । त्यसैले यो भवनको शिलान्यास मात्र होईन भवन निर्माण होस् र उद्घाटन गर्न पाईयोस् ।’

त्यस्तै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक हुँदै गणतन्त्रात्मक संविधानबाट अधिकार प्राप्तिका लागि पार्टीका महिला नेतृहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘यो संघीय लोकतान्त्रिक हुँदै गणतन्त्रात्मक संविधानबाट हामीले प्राप्त गरेको जुन अधिकारहरु छन् । ति अधिकार प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरुले धेरै ठूलो योगदान पुर्याएका छन् ।’

कार्यक्रममा पार्टीको विभिन्न तहको नेतागण, पुर्व मन्त्री, पार्टी केन्द्रीय सदस्य, नेपाल तरुण दल निवर्तमान अध्यक्ष जित जङ्ग बस्नेत, नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थित रहेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !